रअका प्रमुख गोयल किन आए काठमाडौँ ?

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०७७, १६ : २२
रअका प्रमुख गोयल किन आए काठमाडौँ ?

काठमाडौँ । भारतको अन्तर्राष्ट्रिय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ) का प्रमुख सामन्तकुमार गोयल आज दिउँसो अचानक काठमाडौँ आइपुगेका छन् । भारतीय वायुसेनाको विमानमार्फत उनीसहित नौ सदस्यीय टोली काठमाडौं ओर्लिएको स्रोतले जनाएको छ ।

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको कार्तिक १८ गतेदेखि सुरु हुने भ्रमणको तयारी चल्दै गर्दा दुई देशवीच कालापानी र लिम्पियाधुरासमेत सम्मिलित नक्सा जारी गरिएपछि चिसिएको राजनैतिक सम्बन्ध सुधार्ने क्रममा यो आकस्मिक भ्रमण भएको स्रोतको भनाइ छ । 

गोयलले प्रधानमन्त्री केपी ओलीलगायत उच्चपदस्थ व्यक्तिहरुसँग आज राती महत्त्वपूर्ण भेटघाट हुनसक्ने स्रोतले जनाएको छ । गोयल भोलि बिहान साढे ९ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतिय दुतावासले केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस