पार्वतीपुर (चितवन) । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महिला एवं सामाजिक शसक्तिकरणको क्षेत्रमा महानगरपालिकाले योजनाबद्ध ढंगले गतिबिधीहरू अगाढी बढाइरहेको बताएकी छिन् । भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा आज (बुधवार) सरस्वती महिला उध्धमशील महिला तालिम केन्द्र भवनको उदघाटन गर्दै उनले सो बताएकी हुन् ।
भरतपुर महानगरपालिकाको २५ लाख रूपयॉ र समुहको सहभागितामा थप ७ लाख रकम गरि ३२ लाख रूपैंयाको लागतमा तालिम केन्द्रले निर्माण गरिएको हो । सोही भवनको उदघाटन पश्चात मन्तव्य व्यक्त गर्दै दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाहरूको सिप र क्षमताको आधारमा बहु उपयोगी हुने बताईन् । उनले भनिन्–‘ उद्यमसिलताले मात्र परिवार ,र समाजलाइ समृद्द बनाउन सक्छ, तसर्थ आधुनिक प्रविधि सिप मार्फत उत्पादकत्व बढाउन सबै एकत्रित हुनुपर्छ ।’
रोजगार सृजना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिदैं उनले यस्ता योजना लिएर महानगरपालिकका आउनेलाइ सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताईन् । दाहालले महिला त्यसमा पनि दलित आदिवासी तथा सिमान्तकृत समुदायका महिलाहरूको क्षमता बिकास, उद्दमसिलता बढाउन बिषेस जोड दिएको उल्लेख गरिन् ।
समग्र बिकासले मात्र महानगरको दिगो र आत्मनिर्भर बिकास हुने भन्दै उनले यसलाइ मध्यनजर राखेर शिक्षा ,स्वास्थ्य, कृषि ,पर्यटन र पूर्वाधारको क्षेत्रमा योजनाबद्द ढंगले काम अगाडी बढेको बताईन् । उनले पछिल्लो समय भरतपुरले सडक पूर्बाधार निर्माणमा ठूलो छलाड्ग मारेको पनि उल्लेख गरिन् ।
भरतपुर महानगरपालिकाले गौरबको आयोजनाको रूपमा अगाढी बढाएको महानगरिय रिड्गरोड र लिडंकरोडको काम दु्रत गतिमा निर्माण भईरहेको जानकारी दिईन् । उनले महानगरिय सिटी हल र पुलचोक–गोन्द्राडंग ६ लेन सडक निर्माण र स्मार्ट स्टि«ट लाइट जडानको काम दशै लगत्तै सिलान्यास गरेर आफ्नै कार्यकालमा सम्पन्न गर्ने गरी काम अगाढी बढाउने पनि उल्लेख गरिन् ।
कार्यक्रममा वडा न २१ का वडाअध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रका समुदायलाइ सिप सिकाइमा उपयोगी हुने बताए । वडा न २४ का वडाअध्यक्ष कान्छा मल्लले आकर्षक महिला उद्यमसिल तालिमकेन्द्र भवन निर्माण गरेर रचनात्मक काम गरेको भन्दै समुहलाइ धन्यवाद ब्यक्त गर्दै तालिम केन्द्रलाइ सिकाइको केन्द्र बनाउन आग्रह गरे । समुहकी अध्यक्ष एवं कार्यक्रमकी शभापति दिब्या शर्माले समुहको आय–व्यय तथा समुहले गरेका गतिविधीहरूको बारेमा जानकारी गराएकी थिईन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०७७, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना