सामाजिक एवं महिला शशक्तिकरणको क्षेत्रमा महानगरको योजना केन्द्रित : रेनु दाहाल

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०७७, ०९ : २७
सामाजिक एवं महिला शशक्तिकरणको क्षेत्रमा महानगरको योजना केन्द्रित :  रेनु दाहाल

पार्वतीपुर (चितवन) । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महिला एवं सामाजिक शसक्तिकरणको क्षेत्रमा महानगरपालिकाले योजनाबद्ध ढंगले गतिबिधीहरू अगाढी बढाइरहेको बताएकी छिन् । भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा  आज (बुधवार) सरस्वती महिला उध्धमशील महिला तालिम केन्द्र भवनको उदघाटन गर्दै उनले सो बताएकी हुन् । 

भरतपुर महानगरपालिकाको २५ लाख रूपयॉ र समुहको सहभागितामा  थप ७ लाख रकम गरि ३२  लाख रूपैंयाको लागतमा तालिम केन्द्रले निर्माण गरिएको हो । सोही भवनको उदघाटन पश्चात मन्तव्य व्यक्त गर्दै दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाहरूको सिप र क्षमताको आधारमा बहु उपयोगी  हुने बताईन् । उनले भनिन्–‘ उद्यमसिलताले मात्र  परिवार ,र समाजलाइ समृद्द बनाउन सक्छ, तसर्थ आधुनिक प्रविधि सिप मार्फत उत्पादकत्व बढाउन सबै एकत्रित हुनुपर्छ ।’

रोजगार सृजना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिदैं उनले यस्ता योजना लिएर महानगरपालिकका आउनेलाइ सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताईन् । दाहालले महिला त्यसमा पनि दलित आदिवासी तथा सिमान्तकृत समुदायका महिलाहरूको क्षमता बिकास,  उद्दमसिलता बढाउन बिषेस जोड दिएको उल्लेख गरिन् ।

समग्र बिकासले मात्र महानगरको दिगो र आत्मनिर्भर बिकास हुने भन्दै उनले यसलाइ मध्यनजर राखेर शिक्षा ,स्वास्थ्य, कृषि ,पर्यटन र पूर्वाधारको क्षेत्रमा योजनाबद्द ढंगले काम अगाडी बढेको बताईन् ।  उनले  पछिल्लो समय भरतपुरले  सडक पूर्बाधार निर्माणमा  ठूलो छलाड्ग मारेको पनि उल्लेख गरिन् ।

भरतपुर महानगरपालिकाले गौरबको आयोजनाको रूपमा अगाढी बढाएको महानगरिय रिड्गरोड र लिडंकरोडको काम दु्रत गतिमा निर्माण भईरहेको जानकारी दिईन् । उनले  महानगरिय सिटी हल र पुलचोक–गोन्द्राडंग ६ लेन सडक निर्माण र स्मार्ट स्टि«ट लाइट जडानको काम दशै लगत्तै सिलान्यास गरेर आफ्नै कार्यकालमा सम्पन्न गर्ने गरी काम अगाढी बढाउने पनि उल्लेख गरिन् । 

कार्यक्रममा वडा न २१ का वडाअध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रका समुदायलाइ सिप सिकाइमा उपयोगी हुने बताए । वडा न २४ का वडाअध्यक्ष कान्छा मल्लले  आकर्षक महिला उद्यमसिल तालिमकेन्द्र भवन निर्माण गरेर रचनात्मक काम गरेको भन्दै समुहलाइ धन्यवाद ब्यक्त गर्दै  तालिम केन्द्रलाइ सिकाइको केन्द्र बनाउन आग्रह गरे । समुहकी अध्यक्ष एवं कार्यक्रमकी शभापति दिब्या शर्माले समुहको आय–व्यय तथा समुहले गरेका गतिविधीहरूको बारेमा जानकारी गराएकी थिईन् । 

प्रतिक्रिया दिनुहोस