काठमाडौं । आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिकाको जम्बुकाँध जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएकोे दैलेख प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएका ललित नेपाली रहेको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो । बसको ब्रेकफेल भएर सडक किनारामा रोकिएको टिप्परमा ठोकिएर सो दुर्घटना भएको थियो ।
यस्तै गुराँस गाउँपालिका–२ बान्द्रे भन्ने स्थानमा टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तल्लो डुंगेश्वरदेखि माथिल्लो डुंगेश्वर आउँदै गरेको बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०४ कार्तिक २०७७, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते