ओली र प्रचण्डबीच आज के भएको थियो सहमति ? दुबै पक्षको प्रेसनोट बाझियो

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०७७, १८ : ५८
ओली र प्रचण्डबीच आज के भएको थियो सहमति ? दुबै पक्षको प्रेसनोट बाझियो

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान भएको सहमतिबारे दुवै पक्षले फरकफरक प्रतिक्रिया दिएका छन् ।

कर्णाली प्रदेशको विवादबारे छलफल गर्न भएको वार्तामा गरिएको सहमति दुबै पक्षबाट फरकफरक तरिकाले सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जारी गरेको प्रेस नोटमाको पहिलो बुँदामा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने निर्णय भएको उल्लेख छ । त्यस्तै दोस्रो बुँदामा प्रमुख सचेतकमा मुख्यमन्त्रीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको पनि उल्लेख छ । तेस्रो बुँदामा मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने छ भने चौथो बुँदामा अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको भन्ने उल्लेख छ । 

तर प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जारी गरेको प्रेस नोटमा आज  अध्यक्षद्वयको बीचमा भएको छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने सहमति भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस