कफी पिउनुका फाइदाहरु, जुन हामीले जान्नै पर्छ

एजेन्सी

मंगलबार, ०४ कार्तिक २०७७, १८ : १७
कफी पिउनुका फाइदाहरु, जुन हामीले जान्नै पर्छ

काठमाडौं । कफीले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे विभिन्न अनुुसन्धानले पुष्टि गरिसकेको छ । संसारमा यस्ता धेरै मानिस छन् जो एक कप कफी नपिई आफ्नो दिनको सुरुवात गर्न सक्दैनन् । 

विशेष गरी जाडो मौसम र शहरी जीवनमा कफी पिउने गरिन्छ । आजकल चियाझैं कफीको शौखिनहरु क्याफेमा चुस्की लिँदै गरेको भेटिन्छ । कफी सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक छ ।

कफीको सेवनले अल्जाइमरको जोखिम कम गर्ने, दुखाई कम गर्ने, डाइबिटिजको जोखिम कम गर्ने, डिप्रेसन तथा आत्महत्या गर्ने मनसाय हटाउने तथा मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।

जान्नुहोस्, कफी पिउनुका फाइदा
१. बल पर्ने गरी शारीरिक परिश्रम गरेपछि कफी पिउँदा दुखाई कम हुन्छ ।
२. नियमित कफी पिउँदा स्वास्थ्यमा अत्यावश्यक फाइबरको मात्रा प्राप्त हुन्छ ।
३. कफी सेवनले कलेजोको सिरोसिस हुनबाट जोगाउँछ ।
४. दैनिक कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ ।
५. कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्न सहयोग गर्दछ ।
६. कफी पिउनेहरु आत्महत्या गर्ने मनसाय तथा डिप्रेशनको जोखिमबाट मुक्त हुन्छन् ।
७. कफीले पार्किन्सनसहितका जोखिम कम गर्न सहयोग गर्दछ ।
८. कफी सेवनले मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।
९. कफी पिउनेहरुको डिएनए बलियो हुने गर्दछ ।
१०. कफीका कारण मल्टिपल स्क्लोरोसिस (एमएस) को जोखिम कम हुन्छ ।
११. कफीको सेवनले कोलोरेटिकल क्यान्सरको जोखिम २६ प्रतिशतले कम गर्छ ।

प्रतिक्रिया दिनुहोस