काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।
यस्तै २४ घण्टामा २ हजार १०८ सय जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । नेपालमा हाल ४१ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै २४ घण्टामा नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७६५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०७७, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै