अवैध पटाका भित्रयाएर स्टोर गरि राख्ने एक व्यक्ति पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०७७, ११ : ४६
अवैध पटाका भित्रयाएर स्टोर गरि राख्ने एक व्यक्ति पक्राउ

फाइल तस्विर

मोरङ । सिमावर्ती क्षेत्राबाट अवैध रुपमा भित्रयाएको पटाका घरमा स्टोर गरि राख्ने एक व्यक्ति पक्राउ परेका छन् । भारतबाट ल्याएका लाखौं मूल्य बराबरका पटाका  र तस्करीको सामानसहित मोरङकटहरीका दिलिप सहनीलाई मोरङको प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार कटहरी गाउँपालिका–४ लोहन्द्रा घाटस्थित दिलिपकुमार साहनीको घरबाट सोमबार पटका र अवैध सामानसहित उनलाई पक्राउ गरिएको हो ।

एक लाख ८० हजार मूल्य बराबरको पटका नियन्त्रणमा लिएको एपी खड्काले जानकारी दिए । तस्करीका कपडा, जिरा, पापड लगायतका किराना र फेन्सी सामान पनि बरामद गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस