काठमाडौं उपत्यकामा २३८८ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, १६ : ३८
काठमाडौं उपत्यकामा २३८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौंका २ हजार ८,  ललितपुरका २८१ र भक्तपुरका ९९ जनामा कोरोना संक्रमण देखिएको हो ।