नेपालमा सक्रिय संक्रमित ४० हजार नाघ्यो, आज ३७९० नयाँ संक्रमित थपिंदा १८ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, १६ : २७
नेपालमा सक्रिय संक्रमित ४० हजार नाघ्यो, आज ३७९० नयाँ संक्रमित थपिंदा १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

यस्तै २४ घण्टामा २ हजार ३३५ सय जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । नेपालमा हाल ४० हजार ७७८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७५७ पुगेको छ ।