हास्य कलाकार शिवहरी पौड्याललाई मातृ शोक

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, १० : ३३
हास्य कलाकार शिवहरी पौड्याललाई मातृ शोक

काठमाडौँ । हास्य कलाकार शिवहरि पौड्याललाई मातृ शोक परेको छ । पौड्यालकी आमा गंगादेवी पौड्यालको १०० वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

पौड्यालले आमाको निधनको खबर सामाजिक संजाल मार्फतसार्वजनिक गरेका हुन् । सामाजिक संजाल फेसबुकमा आफ्नो भावना पौड्यालले लेखेका छन्, ‘दुखद् खबर लेख्न बाध्य भएँ आमा, एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ की गरिन मलाई थाहा छैन आमा ।

१०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा बास होस् मेरी प्यारी आमा ।’

विसं १९७७ को फागुनमा जन्मिएकी उनको आमाको आइतबार राति ११ बजेपछि निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस