उपत्यका छोडेर गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा..

पत्रपत्रिकाबाट

सोमबार, ०३ कार्तिक २०७७, ०८ : १८
उपत्यका छोडेर गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा..

काठमाडौँ । दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशँैंमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले पहिलाको तुलनामा यस वर्ष उपत्यकाबाट गाउँ फर्कने सङ्ख्या केही कम भए ठप्प भने नभएकाले उपत्यकाबाट गाउँ फर्कनेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो । “दशँैं मनाउन गाउँ फर्कनेलाई नाकामै बसेर रोक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउनुको विकल्प छैन ।”

उहाँका अनुसार गाउँपालिकाले कोरोनाको सामना गर्न आठ शøयाको आइसोलेसन कक्ष निर्माण गरेको छ । अप्ठ्यारो परेकालाई उक्त आइसोलेसन कक्षमा राख्न सकिए पनि सबैलाई त्यो सम्भव नभएको बताउनुभयो । दशैँ मनाउनका लागि उपत्यकाबाट आ–आफ्ना घर पुगेका स्थानीयलाई आइसोलेसनमा राखी व्यवस्थापन गर्ने कुरा स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ ।

कतिपय स्थानीय तहले उपत्यकाबाट दशँै मनाउन गाउँघर जाने व्यक्तिले अनिवार्य दुई हप्ता घरमै एकान्तबासमा बस्नुपर्ने भनिए पनि दशैँको समयमा त्यो पूर्ण रूपमा सम्भव देखिएको छैन । त्यसो त स्थानीय तहले पर्याप्त मात्रामा संस्थागत आइसोलेसन बनाएका छैनन् । कपितय स्थानीय तहले जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) सँग मिलेर केही शøया संस्थागत आइसोलेसन बनाए पनि दशैँको समयमा उपत्यका छोडी घर फर्कने सबैलाई सो पर्याप्त हुँदैन । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस