प्रेस काउन्सिलका सेवा प्रभावित

रासस

आइतबार, ०२ कार्तिक २०७७, २१ : १३
प्रेस काउन्सिलका सेवा प्रभावित

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार यही कात्तिक ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारीले घरबाट अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस