काठमाडौँ । काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०२ कार्तिक २०७७, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु