काठमाडौँ । काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०२ कार्तिक २०७७, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु