दसैँ भत्ता संक्रमितको उपचारमा खर्च गर्ने पूर्वमन्त्री शर्माको घोषणा

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०७७, १६ : २७
दसैँ भत्ता संक्रमितको उपचारमा खर्च गर्ने पूर्वमन्त्री शर्माको घोषणा

काठमाडौँ । पूर्वमन्त्री एवम् नेकपा सांसद जनार्दन शर्माले आफूले पाएको दशैं भत्ता कोरोना संक्रमितको उपचारमा खर्च गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै शर्माले भेन्टिलेटरमा राखी उपचार भइरहेका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहोरालाई हस्तान्तरण गर्ने बताएका छन् । 

उनले लेखेका छन्, ‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौँ । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’

यस्तै बागमती प्रदेश सरकारका मन्त्री सालिकराम जमरकट्टेलले आफ्नो दसैँ भत्ता बागमती प्रदेशको कोरोना भाइरस रोकथाम कोषमा जम्मा गर्ने बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चाडबाडबापत आउने एक महिनाबराबरको तलब कोरोना भाइरस रोकथाम कोषमा जम्मा गर्ने जानकारी गराउँदछु ।’

प्रतिक्रिया दिनुहोस