काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, १६ : ४४
काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँमा १ हजार ४ सय ५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना संक्रमण देखिएको हो ।