नेपालमा थपिए ३१६७ जना संक्रमित, १८ सय जना निको भए, १२ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, १६ : २६
नेपालमा थपिए ३१६७ जना संक्रमित, १८ सय जना निको भए, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ८ सय जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । कुल संक्रमितमध्ये ८९ हजार ८४० जना निको भएपछि नेपालमा हाल ३८ हजार ७३७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७२७ पुगेको छ ।