काठमाडौँ । नेपालबाट मनसुन बाहिरिएको छ । गएको जेठ ३० गते पूर्वबाट नेपाल भित्रिएको मनसुन शुक्रबार (अशोज ३० गते) बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
औषत भन्दा बढी वर्षा भएको यो वर्ष प्रि–मनसुनदेखि नै लगातार जस्तो वर्षा भएको थियो । मनसुन भित्रिएयता लगातारजस्तो सक्रिय रहँदा यो वर्ष औषत भन्दा बढी वर्षा भएको मौसमविदको भनाई छ ।
मनसुन अवधिमा कति वर्षा भयो भन्ने विस्तृत विवरण संकलनको काम भइरहेको महाशाखाले जनाएको छ । गएको जेठ ३० गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही भू–भागबाट अशोज १५ गते नै बहिर्गमन भएको थियो । असोज ३० गते शुक्रबार अर्थात भित्रिएको ठ्याक्कै चार महिनापछि देशको सम्पूर्ण भू–भागवाट यस वर्षको मनसुन बाहिरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०७७, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक साताभित्र देशभर मनसुन सक्रिय हुने
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
१३ दिनअगावै नेपालमा मनसुन भित्रँदै
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
५ प्रदेशमा फैलियो मनसुन, कर्णाली र सुदूरपश्चिम पुग्दै