काठमाडौं उपत्यकामा थप २ हजार ४०२ जना संक्रमित

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १६ : ३७
काठमाडौं उपत्यकामा थप २ हजार ४०२ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँका १७८४,ललितपुरका ३७४ तथा भक्तपुरका २४४ जनामा कोरोना संक्रमण देखिएको हो ।