नेपालमा थपिए ४३९२ जना संक्रमित, ३५२२ जना निको भए, २१ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १६ : २७
नेपालमा थपिए ४३९२ जना संक्रमित, ३५२२ जना निको भए, २१ जनाको मृत्यु

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

यस्तै २४ घण्टामा ३ हजार ५२२ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ । कुल संक्रमितमध्ये ८८ हजार ४० जना निको भएपछि नेपालमा हाल ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७१५ पुगेको छ ।