काठमाडौं । दक्षिणी छिमेकीको आडमा राजनीति गर्ने भनेर परिचित भएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले केही दिन पहिले गृह जिल्ला गोरखा पुगेर एउटा विवादास्पद अभिव्यक्ति दिए ।
उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनामा प्रधानमन्त्री खड्ग ओली, नेकपाका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले आयोजनाको नाममा रु नौ अब भागशान्ति जय नेपाल गरे । उनले त्यसको प्रमाण आफूसँग भएको दावी समेत गरे । गोरखाका स्थानीयले डा साबको कुरामा सही थाप्दै ताली पनि बजाए ।
देशको कार्यकारी प्रमुख भइसकेको व्यक्तिले बहालवाला प्रधानमन्त्री, सत्तारुढ पार्टीका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेतालाई समेत ठूलो परिमाणको पैसा लिएका कारण आयोजना अलपत्र परेको जिकिर गरे । उनले राज्यका कुनै पनि निकायले मागेको खण्डमा आफू प्रमाण दिन नै तयार रहेको समेत बताए ।
सामान्य हिसाबले हेर्दा राज्य आफैले निर्माण गर्नुपर्ने १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना लामो समयदेखि अलपत्र रहेको छ । सो आयोजना अलपत्र पर्नुको पछाडि जति जिम्मेवारी ओली र देउवा छन्, त्यो भन्दा बढी जिम्मेवार उनै डा भट्टराईहरु छन् । आयोजनामा हालसम्म झण्डै रु ३५ अर्ब जति मुआब्जा वितरण भइसकेको छ । तर, आयोजना कहिले र कसरी निर्माण होला भन्ने बारेमा कुनै छ्ऊटुप्पो लागेको छैन ।
आयोजनाका विषयमा अन्यौलता बढीरहेको बेला समस्या बल्झाउने ध्येयका साथ उनले छुद्रता देखाएका थिए । उनको नियत सफा भएपनि प्रमाण नपुग्ने र आम मानिसले नपत्याउने विषयमा किन हलुका टिप्पणी गरे भन्ने प्रश्न उठेको छ । आयोजनालाई समस्यामा पार्न उनले खेलेको नकारात्मक भूमिकाबारेमा आम नागरिक समेत जानकार छ । हिसिला यमीले विगतमा पदको दुरुपयोग गरेर धन्दा चलाएको भन्ने बारेमा नेपालका जो कोहीलाई पनि राम्रै थाहा छ ।
पूर्वप्रधानमन्त्री डा भट्टराईको तथ्यहिन आरोपको बारेमा प्रमुख प्रतिपषी दल काँग्रेसले विज्ञप्ति नै निकालेर खण्डन गर्न भ्यायो । यस्तै सोही क्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत बुधबार एक विज्ञप्ति मार्फत उनको आरोपको खण्डन गरिदिए । आम जनतामा प्रमाण नपुगने, राज्यका निकायले समेत कुनै तथ्य नभएको तथा कुनै पनि विषयमा बोल्नु अगाडि त्यसको प्रभाव के पर्ला भन्ने समेत नसोची डा भट्टराईले सार्वजनिक स्थानमा गरेको टिप्पणीले अरुको होइन उनकै कद घटाएको छ । त्यसो त खड्ग ओली नेतृत्वको सरकारले चरम भ्रष्टाचार गरेको छ ।
राज्यको साधन र स्रोतको दोहोलो काँढेको विषयमा आम जनता जानकार नै छ । तर प्रमाण नपूगने विषयमा हिसिला शैलीका किन बाबुराम प्रस्तुुत भए, त्यो भने सन्देहपूर्ण रहेको छ । सर्पको खुट्टा सर्पले देख्छ भनेजस्तै कतै बाबुरामले आफूले भाग नपाएका कारण यस्तो कुतर्क गरेका हुन् कि भन्ने बारेमा आम मानिसले भने प्रश्न गरेका छन् । यसबारेमा बाबुरामले प्रमाण जुटाएको र उनकै शब्दमा आफूहरुसँग प्रमाण रहेको भनीरहेको बेला त्यो प्रमाण सार्वजनिक गरिदिए, उनको आरोपको जग बलियो रहेछ भन्ने आम रुपमा प्रष्ट हुन जान्थ्यो ।
अन्यथा, प्रमाण नपुग्ने विषयमा उनले कनि यत्ति साह्रो हलुका टिप्पणी गरे, त्यो भने सोचनीय विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० असोज २०७७, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
दाङमा पूर्वप्रधानमन्त्री भट्टराईलाई राजावादीले देखाए कालोझण्डा
तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन् : डा. बाबुराम भट्टराई
मनमोहनलाई सम्झँदै भट्टराईले भने- नेपालले एक असल मित्र, भारतले एक अगुवा गुमाएको छ
कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल सबै भ्रष्टाचारमा लिप्त छन्: अध्यक्ष भट्टराई
नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको छ : बाबुराम भट्टराई