नेपालमा थपिए ३७४९ जना संक्रमित, ३५६४ जना निको भए, १९ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १६ : २४
नेपालमा थपिए ३७४९ जना संक्रमित, ३५६४ जना निको भए, १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

यस्तै २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । कुल संक्रमितमध्ये ८४ हजार ५१८ जना निको भएपछि नेपालमा हाल ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६९४ पुगेको छ ।