ग्यास सिलिण्डर बिस्फोट भइ आगलागी हुँदा काठमाडौंमा ११ जना घाइते

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १४ : १४
ग्यास सिलिण्डर बिस्फोट भइ आगलागी हुँदा काठमाडौंमा ११ जना घाइते

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।

नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 

उनका अनुसार घटनामा ११ जना घाइते भएका छन् । उनीहरूको पिपुल्स र मनमोहनमा उपचार भइरहेको उनले जानकारी दिए । उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर रहेको र अरुको सामान्य रहेको बताइएको छ ।

‘निल कुमारीको घर पूर्ण क्षति भएको छ । अरू चार(पाँच वटा घरका सिसा फुटेको छ’, उनले भने । 

भुइँ तलाको भ¥याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।  आगलागी दमकलको सहायताले निभाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस