बुटवलमा पनि एकजना कोरोना संक्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १२ : ११
बुटवलमा पनि एकजना कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल । कोरोना संक्रमण बढेसँगै देशव्यापी रुपमा मृत्यु हुने क्रम पनि बढ्दो छ । धरान, विराटनगर पछि आजै फेरी रुपन्देहीको बुटवलमा पनि एक संक्रमितको मृत्यु भएको छ । 

बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार हुदै आएकी बुटवल–७ की ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिलालाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेको थियो ।  यससँगै बुटवलस्थित कोराना विशेष अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस