बुटवल । कोरोना संक्रमण बढेसँगै देशव्यापी रुपमा मृत्यु हुने क्रम पनि बढ्दो छ । धरान, विराटनगर पछि आजै फेरी रुपन्देहीको बुटवलमा पनि एक संक्रमितको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार हुदै आएकी बुटवल–७ की ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती महिलालाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेको थियो । यससँगै बुटवलस्थित कोराना विशेष अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ असोज २०७७, १२ : ११
लेखकबाट थप