नेपालमा थपिए २६३८ जना संक्रमित, २१७४ जना निको भए, १२ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २८ असोज २०७७, १६ : २८
नेपालमा थपिए २६३८ जना संक्रमित, २१७४ जना निको भए, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ हजार ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

यस्तै २४ घण्टामा २ हजार १७४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । कुल संक्रमितमध्ये ८० हजार ९५४ जना निको भएपछि नेपालमा हाल ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।