नारायणी लिफ्ट सिंचाइको नहरमा डुबेर एक बालकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २८ असोज २०७७, ०८ : ४२
नारायणी लिफ्ट सिंचाइको नहरमा डुबेर एक बालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका २ क्षेत्रपुर स्थिति नारायणी लिफ्ट सिंचाइको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २ आँपटारीका १५ वर्षीय दिनेश मल्ल ठकुरीको हिजो बिहीबार दिउँसो साढे ४ बजे मृत्यु भएको हो ।

नहरमा पौडी खेल्न गएका बालकको बालुवामा टाउको गडेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

परिवार स्रोतका अनुसार मृतक  बुवाआमाका एक्ला छोरा हुन् । उनका बुवा अपाङ्ग छन् । आर्थिक अवस्था निकै दयनीय भएको सो परिवारमा क्रिया खर्च जुटाउन पनि मुस्किल परेको मृतकका छिमेकी निशा पौडेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस