भरतपुर महानगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, २७ असोज २०७७, १६ : १८
भरतपुर महानगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

चितवन । चितवनको भरतपुर महानगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा पाँच जना महिला छन् । महानगरमा हालसम्म कोरोना संक्रमित संख्या १९४० पुगेको छ ।

जसमा महिला ८०८ र पुरुष ११३२ रहेको महानगरले जनाएको छ । हालसम्म भरतपुर महानगरमा निको हुनेको संख्या एक हजार २९ पुगेको छ । भरतपुर महानगरमा होम आइसोलेसनमा रहेको संख्या २८८ छ । जसमा महिला १३७, पुरुष १५९ छन् । भरतपुर महानगरले सञ्चालन गरेको बागेश्वरी आइसोलेसनमा हालसम्म जम्मा विरामी २०६ जना रहेका छन् । जसमा महिला ६० र पुरुष १४६ जना छन् । बागेश्वरी आइसोलेसनबाट हालसम्म निको हुनेको संख्या १३४ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस