ओली भेट्न बालुवटार पुगे प्रचण्ड, कर्णालीको विवादबारे छलफल हुने

सफल खबर संवाददाता

मंगलबार, २७ असोज २०७७, १३ : ५७
ओली भेट्न बालुवटार पुगे प्रचण्ड, कर्णालीको विवादबारे छलफल हुने

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओेली भेट्न बालुवाटार पुगेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद जारी रहेका बेला उनीहरुबीच भेट हुन लागेको हो । भेटमा कर्णाली प्रदेशमा आएको समस्या र त्यसको दीगो समाधान खोज्ने विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस