विश्वमै पहिलो पटक दुधिलो रङको करेत सर्प नेपालमा भेटियो

पत्रपत्रिकाबाट

मंगलबार, २७ असोज २०७७, ०८ : १८
विश्वमै पहिलो पटक दुधिलो रङको करेत सर्प नेपालमा भेटियो

काठमाडौं । विश्वमै पहिलो पटक दुधिलो रङको दुईवटा सेतो करेत सर्प नेपालमा फेला परेको छ । दुईवटा दुधिलो सेतो रङको करेत जनकपुरमा फेला परेको हो ।

कोरोना भाइरस (कोभिड–१९) बन्दाबन्दीको समयमा वैशाख–जेठमा धनुुषाको किसनपुरमा सेतो दुधिलो रङको करेत सर्प फेला परेको छ । मिथिला वाइल्ड लाइफ ट्रस्टका सदस्यहरूले सेतो सर्प देखेपछि त्यसकोे उद्धार गरेका थिए ।

कालो, खैरो र मिश्रित रङका करेत सर्प पाइन्थे तर सेतो रङको अचम्मको सर्प देखेपछि स्थानीय समेत अन्योलमा परे । ट्रस्टका सदस्य गणेश शाहले उद्धार गरेर सर्पका बारेमा अध्ययन गरिरहेकालाई खबर गरे । नेपालमा छ प्रजातिका करेत सर्प पाइने गरेको गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस