आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, २७ असोज २०७७, ०८ : ०८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशका अधिकांश  पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ । मौसमविदले बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ ।

र सो निम्न चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने उल्लेख गरेका छन् । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस