नेपालमा थपिए ४०४७ जना संक्रमित, १४७३ जना निको भए, ९  जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २६ असोज २०७७, १६ : २७
नेपालमा थपिए ४०४७ जना संक्रमित, १४७३ जना निको भए, ९  जनाको मृत्यु

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ४७३ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । कुल संक्रमितमध्ये ७७ हजार २७७ जना निको भएपछि नेपालमा हाल ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६४५ पुगेको छ ।