काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहे पनि अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाएको छ ।
बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ । सो निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको छ । देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले जानकारी दिएका छन् । मनसुनी गतिविधि त्यति सक्रिय नरहे पनि नेपालबाट मनसुन बाहिरिसकेको भने छैन ।
मनसुन नबाहिरिए पनि भारी वर्षाको सम्भावना नरहेको जनाईएको छ । सोमबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ । राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएर बाँकी पहाडी भू–भागहरूमा आंशिक बदली रहने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ असोज २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौसम पूर्वानुमानको अनुमानमै सीमित विश्वास : 'प्रविधि छ, भरोसा छैन'
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा धेरै वर्षाको सम्भावना