नयाँ नोट यसपालि नसाटिने

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, १८ : २२
नयाँ नोट यसपालि नसाटिने

काठमाडौं । अन्ततः दशैंको समयमा सटही हुँदै आएको नयाँ नोट यसपालि नसाटिने भएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै नोट सहटी नगरिने जानकारी दिएको हो । नोट साट्दा भीडभाड हुने र यसले कोभिड–१९ को संक्रमण बढ्नसक्ने भन्दै नोट नसाट्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो । 

प्रतिक्रिया दिनुहोस