नेपालमा थप २०७१ जना संक्रमित, १५२२ जना निको भए, २२ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, १६ : २६
नेपालमा थप २०७१ जना संक्रमित, १५२२ जना निको भए, २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ५२२ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । कुल संक्रमितमध्ये ७५ हजार ८०४ जना निको भएपछि नेपालमा हाल ३१ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६३६ पुगेको छ ।