सरकारसँग सहमतिपछि  डा. केसीले जुस पिउँदै तोडे अनशन

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, १० : २६
सरकारसँग सहमतिपछि  डा. केसीले जुस पिउँदै तोडे अनशन

काठमाडौँ । विगत २८ दिन देखि आमरन अनसनमा रहेका डा. गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै गरिएको अनशनरत शनिबार अबेर राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि डा केसीले आज आइतबारअनशन तोडेका हुन् ।

उनी चिकित्सक शिक्षा र सेवा सुधारको माग गर्दै १९ पटक अनसन बसिरसकेका छन् । डा. केसीलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाएका हुन् ।

उनले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए । अनशन तोड्नुअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाएका थिए ।

शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा। केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस