नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, ०९ : १५
नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । अनसनरत डा.गोविन्द केसीको मागलाई लिएर नेपाल चिकित्सक संघले आव्हान गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

 डा. गोविन्द केसीको १९ औं आमरण अनसनमा उठाएका विषयमा सरकार र डा. केसीबीच सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । डा. केसी र सरकारबीच गएराति ८ बुँदे सहमति भएको थियो । 

संघले सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न विशेषज्ञ समाज, सञ्चारकर्मी, तथा आम सर्वसाधारण नागरिकलगायत विभिन्न संघ संस्थाहरुले जाहेर गरेको ऐक्यबद्धता र समथर्नप्रति संघले आभार समेत प्रकट गरेको छ । 

प्रतिक्रिया दिनुहोस