आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, ०७ : ५४
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार  देशभरको मौसममा आंशिकदेखि सामान्य बदली जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल बंगालको खाडीको पूर्वी–मध्य भागमा न्युन चापीय क्षेत्र रहेको र उक्त निम्न चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिएको मौसमविदले बताएका छन् ।

आइतबार राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस