काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ६७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका छन् । ललितपुरका ३६९ र भक्तपुरका २०३ जनामा संक्रमण देखिएको छ ।
यस्तै थप ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ रु ४९ वर्षीय पुरुष र भक्तपुरका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ असोज २०७७, १६ : ४४
लेखकबाट थप