काठमाडौँ उपत्यकाभित्र थपिए २ हजार ६ सय ७२ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

शनिबार, २४ असोज २०७७, १६ : ३६
काठमाडौँ उपत्यकाभित्र थपिए २ हजार ६ सय ७२ जना कोरोना संक्रमित

फाइल फोटो

काठमाडौँ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । 

काठमाडौंमा २ हजार १ सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ गरी २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ । 

प्रतिक्रिया दिनुहोस