आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, २४ असोज २०७७, ०८ : १०
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार  देशका अधिकांश क्षेत्रको मौसम आंशिक बदली हुने जनाएको छ । अहिले बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेको र उक्त न्यून चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने मौसमविदले बताएका छन् ।

यसले गर्दा मौसम क्रमशः सफा हुँदै जाने छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने छ ।

देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस