विपन्न तथा गरिबको घरको छानोमा पुग्यो सरकारको ध्यान

पत्रपत्रिकाबाट

शनिबार, २४ असोज २०७७, ०७ : ५६
विपन्न तथा गरिबको घरको छानोमा पुग्यो सरकारको ध्यान

काठमाडौं । सरकारले गरिब तथा विपन्नलक्षित ‘खरको छानोमुक्त अभियान’ थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुरूप सहरी विकास मन्त्रालयले ‘खरको छानोमुक्त अभियान’ सञ्चालनमा ल्याएको हो । विपन्नका लागि ल्याइएको अभियानअन्तर्गत सरकारले विपन्नका घर खरमुक्त गरी टिनको छानो बनाइदिनेछ ।

चालु आर्थिक वर्ष २०७७(७८ मा सातै प्रदेशका गरी १ लाख ४३ हजार २ सय १८ घरधुरी खरमुक्त बनाउने लक्ष्य छ । त्यसअनुसार खरको धुरीमुक्त अभियान तीव्रतासाथ अघि बढाइएको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । उनका अनुसार खर हटाएर टिनको धुरी बनाइनेछ ।

आर्थिक वर्ष २०७५(७६ देखि नै सुरु भए पनि कार्यविधि नभएकाले अभियानले तीव्रता पाउन सकेको थिएन । अहिले यसका लागि स्पष्ट कार्यविधि बनाएर अभियानलाई तीव्रता दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा १ लाख ४३ हजार २ सय १८ घरपरिवारलाई खरमुक्त गर्न कुल ७ अर्ब १६ करोड ९ लाख बजेट विनियोजन गरिएको छ । विकास व्यवस्थापनविज्ञ थपलियाले खरको छानोमा बस्दै आएका नागरिकलाई टिन किन्न प्रतिपरिवार ५० हजार उपलब्ध गराइने जानकारी दिए ।

अभियान सहरी विकास मन्त्रालयअन्तर्गत रहे पनि कार्यान्वयन भने सम्बन्धित नगर तथा गाउ“पालिका वार्डमार्फत गरिने कार्यविधि बनाइएको छ । खरको छानो भएका विपन्नको पहिचान सम्बन्धित वार्ड कार्यालयले नै गर्नेछ । त्यसमार्फत खरको छानो भएकालाई टिन राख्न प्रतिपरिवार ५० हजार रुपैया“ उपलब्ध गराइन लागिएको हो । विकास सल्लाहकार थपलियाले प्रधानमन्त्रीको ‘गरिब विपन्न जनताको अनुहारमा खुसी र चमक ल्याउने योजना’अन्तर्गत खरको छानोमुक्त अभियान सञ्चालन गरिएको जानकारी दिए ।

‘खरको छानोमा पानी चुहिने र विभिन्न समस्या भोग्नुपर्ने भएकाले गरिब विपन्नलाई त्यसखाले समस्याबाट मुक्त गर्न अभियानले महŒवपूर्ण भूमिका खेल्नेछ,’ थपलियाले शुक्रबार राजधानीसँग भने । अझै पनि ग्रामीण तथा विकट जिल्लामा गरिब विपन्न आर्थिक अभावमा खरको छानामुनि दिन गुजारा गर्न बाध्य छन् ।

एक वा दुई वर्षभित्रै खर नष्ट हुने र कुहिने भएकाले उनीहरू वर्षाको समय पानी चुहिने, बस्न र सुत्नसमेत नपाउने समस्याबाट ग्रसित छन् । सरकारले खरको छानो विस्थापित गरी निःशुल्क टिन दिने भएपछि गरिब विपन्नले राहत अनुभव गर्ने स्थानीय जनप्रतिनिधिको विश्वास छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस