काठमाडौँ । नेपालमा पनि अक्टोबर महिनालाई स्तन क्यान्सर विरुद्ध सचेतना अभियानका रुपमा मनाउन शुरु गरिएको छ । ‘क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ’ भन्ने नाराका साथ योग प्रेमी नेपाल र नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले विविध कार्यक्रम गरी मनाउन शुरुआत गरेका हुन् ।
पछिल्लो समय गलत जीवनशैलीका कारणले स्तन क्यान्सरबाट धेरै महिला पीडित हुनु परेको जनाइएको छ । सचेतना अभियानमा क्यान्सर के हो ? यो किन हुन्छ रु के कस्ता उपाय अपनाउनाले क्यान्सर रोगको जोखिम कम हुन सक्छ ? रोग लागिसकेको छ भने कसरी अगाडि बढ्ने जस्ता अभियानको क्रममा सिकाउने सोसाइटीका अध्यक्ष प्रमिला खनालले जानकारी दिइन् । उनले आफूहरुले क्यान्सरका बिरामीलाई मनोपरामर्श सेवा प्रदान गर्नुका साथै महिलालाई लक्षित गरी स्वास्थ्य शिविर कार्यक्रमको साथै स्कुल, कलेजका छात्रालाई क्यान्सरको बारेमा सचेत गराउने काम गर्दै आएको बताइन् ।
योगप्रेमीका अध्यक्ष खेतराज मैनाली क्यान्सर रोगसित विजय प्राप्त गर्न योग र ध्यानको विशेष महत्व हुने जानकारी दिए । उनले योग र ध्यानले मानिसको जीवनशैलीमा परिवर्तन गर्न विशेष भूमिका रहने भएकोले क्यान्सरलाई पनि योग र ध्यानबाट सजिलै जित्ने सकिने जानकारी दिए । नेपालमा ४० देखि ५० बर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर हुने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २३ असोज २०७७, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
वैज्ञानिकले बनाए क्यान्सरको औषधि, बाँच्ने अवधि दोब्बर हुने दाबी
भरतपुरको क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया