कोरोना संक्रमितहरु बाहिर निस्के ६ महिनासम्म जेल सजाय हुने

सफल खबर संवाददाता

शुक्रबार, २३ असोज २०७७, १८ : १४
कोरोना संक्रमितहरु बाहिर निस्के ६ महिनासम्म जेल सजाय हुने

काठमाडौं । कोरोना संक्रमितहरु बाहिर निस्के ६ महिनासम्म जेल सजाय हुने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।

संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने व्यवस्था रहेको भन्दै उनले सचेत समेत गराए । कोही बाहिर निस्केनकिस्केको जानकारी दिन घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए ।