नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुने ६ सय पुगे

सफल खबर संवाददाता

शुक्रबार, २३ असोज २०७७, १६ : २५
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुने ६ सय पुगे

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ६८० जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । कुल संक्रमितमध्ये ७३ हजार २३ जना निको भएपछि नेपालमा हाल २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६०० पुगेको छ ।