प्रधानमन्त्री ओलीका तीन सल्लाहकार ७ दिनमा कोरोना संक्रमणमुक्त

सफल खबर संवाददाता

शुक्रबार, २३ असोज २०७७, १२ : १२
प्रधानमन्त्री ओलीका तीन सल्लाहकार ७ दिनमा कोरोना संक्रमणमुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

उनीहरुको बिहीबार पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनीहरु सबैलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो । 

थापाका अनुसार तीनै जनाको परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीले कोरोना सङ्क्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौँ । हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौँ ।’