मध्यरातमा रक्सीले मातेर वडाध्यक्ष जब स्थानीय महिलाको ओछ्यानमा पुगे...

सफल खबर संवाददाता

शुक्रबार, २३ असोज २०७७, ११ : ५४
मध्यरातमा रक्सीले मातेर वडाध्यक्ष जब स्थानीय महिलाको ओछ्यानमा पुगे...

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका नेता मेडल राई पक्राउ परेका छन् ।

मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले जानकारी दिए ।

Yeti Diistillery Tansen Cement box

पक्राउ परेका राईमाथि जिल्ला अदालत ओखलढुंगाबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको छ ।

राईविरुद्ध पीडित महिलाले बलात्कारको प्रयास गरेको भनि प्रहरीमा पुगेर लिखित रूपमै उजुरी दिएपछि उनलाई पक्राउ गरिएको डीएसपी खड्काको भनाइ छ ।