काठमाडौं उपत्यकामा २५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २२ असोज २०७७, १६ : ३३
काठमाडौं उपत्यकामा २५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँका २०८५, ललितपुरका ३२० , तथा भक्तपुरका १३५ जनामा कोरोना संक्रमण देखिएको हो ।