४३६४ जना संक्रमित थपिए, २६७५ जना निको भए, १२ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २२ असोज २०७७, १६ : २७
४३६४ जना संक्रमित थपिए, २६७५ जना निको भए, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ ।

यस्तै २४ घण्टामा २६७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । कुल संक्रमितमध्ये ७१ हजार ३४३ जना निको भएपछि नेपालमा हाल २६ हजार ६८४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५९० पुगेको छ ।