ओली–प्रचण्ड वार्ता सकियो

सफल खबर संवाददाता

विहीबार, २२ असोज २०७७, १४ : ४६
ओली–प्रचण्ड वार्ता सकियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकिएको छ ।

बैठक करिब २ घण्टा ३० मिनेटसम्म चलेको बताइएको छ । वार्तामा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनैतिक नियुक्ति, पार्टी एकताका बाँकी काम टुंग्याउने लगायत विषयमा छलफल भएको बताइएको छ ।

गएको असोज ४ को सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउने मस्यौदा तयार पार्न र मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिएको छ । तर, सहमति जुट्न नसक्दा कुनै पनि काम हुन सकेको छैन ।

रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने ओलीको चाहाना छ भने प्रचण्ड अपवाद बाहेक दुई वर्ष पुगेकाहरुको स्थानमा नयाँ मन्त्री नियुक्त गर्नुपर्ने पक्षमा छन् । 

प्रतिक्रिया दिनुहोस