संक्रमणको अवस्था अझै बढेर जाने, खराब स्थिति आउने दाबी

पत्रपत्रिकाबाट

विहीबार, २२ असोज २०७७, ०८ : २५
संक्रमणको अवस्था अझै बढेर जाने, खराब स्थिति आउने दाबी

काठमाडौं । कोरोना संक्रमणको दर दिनानुदिन हजारौंको संख्यामा बढिरहँदा त्यसविरुद्धको व्यवस्थापनमा सरकारको तयारी फितलो बन्दै गइरहेको भन्दै चिकित्सक तथा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । संक्रमण बढिरहँदा राजधानी काठमाडौंलगायत मुलुकका अन्य सहर र गाउँहरूमा समेत संक्रमणको अवस्था भयावह बन्न सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघिसक्दासमेत संक्रमितलाई आवश्यक व्यवस्थापन गर्न सरकारले प्रभावकारी योजना र कार्यक्रम बनाउन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले राजधानी काठमाडौं नै कोरोना संक्रमणको ‘इपिसेन्टर’ बन्दै गइरहेको भन्दै अवस्था झनै खराब आउन सक्ने चेतावनी दिएका छन् ।

बुधबार एकै दिन ३ हजार ४ सय ३९ जना संक्रमित थपिएका छन् । यो क्रम अझै बढेर जान सक्ने चिकित्सकले औंल्याएका छन् । कोरोना संक्रमणको उद्गम मानिएको चीनको वुहानबाट फर्किएका कोरोना भाइरस सम्बन्धमा अध्ययन अनुसन्धान गर्दै आइरहेका वरिष्ठ चिकित्सक डा। रमेशकुमार आचार्यले सरकारको फितलो व्यवस्थापनका कारण संक्रमणको अवस्था अझै बढेर जाने र खराब स्थिति आउने दाबी गरे । राजधानीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस