विद्यालय खुलेनन्, टोलमै शिक्षक पढाउन आउँदा विद्यार्थी दङ्ग !

पत्रपत्रिकाबाट

विहीबार, २२ असोज २०७७, ०८ : १४
विद्यालय खुलेनन्, टोलमै शिक्षक पढाउन आउँदा विद्यार्थी दङ्ग !

बैतडी । कोरोनाका कारण बन्द रहेको पठनपाठन सुचारु गर्न टोलमै शिक्षक आएर पढाउन थालेपछि विद्यार्थीहरु दङ्ग परेका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीले सिकाइ बिर्सने जोखिम भएपछि दशरथ चन्द नगरपालिकाले सामुदायिक विद्यालयको सेवा क्षेत्रलाई टोलमा बाँडेर बालबालिकाको सिकाइ निरन्तरता दिएको हो ।

दशरथचन्द नगरपालिका मातहतका १६ माध्यामिक विद्यालय, १२ वटा आधारभूत विद्यालय, र २४ वटा आधारभूत ९१–५० विद्यालयको सेवा क्षेत्रलाई टोल–टोलमा बाँडेर विद्यार्थीलाई पायक पर्ने स्थानमा जम्मा गरी पढाउन थालिएको छ ।

टोल–टोलमा विषय शिक्षक गएर पढाउन थालेपछि विद्यार्थी खुसी भएका छन् । ग्रामीण भेगका सामुदायिक विद्यालयको सेवा क्षेत्र सानो भएकोले एउटा बस्तीका विद्यार्थीहरु मात्र सो विद्यालयको सेवा क्षेत्र हुने भएकाले बस्तीलाई पनि टोल–टोलमा बाँडेर शिक्षक नै उपस्थित भई बालबालिकाको सिकाइ निरन्तरता दिइएको दशरथचन्द नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले बताउनुभयो ।

लामो समयपछि साथीहरुसँग पढ्न पाउँदा खुसी लागेको दशरथचन्द नगरपालिका–९ को जोशीबुंगा माध्यमिक विद्यालय लामौतामा कक्षा १० मा अध्यनरत पारस धामीले बताउनुभयो । लामो समयपछि टोल–टोलमा गएर विद्यार्थीलाई शिक्षण गराउन पाउँदा खुसी लागेको शिक्षक रामचन्द्र जोशीले बताउनुभयो ।

सिकाइ निरन्तरताका लागि हरेक विद्यार्थीको हात–हातमा नयाँ पाठ्यपुस्तक पु¥याइएको छ । अबदेखि हरेक दिन एउटा विषयको शिक्षक एउटा टोलमा पुग्नेछन् । टोलमा रहेका सबै कक्षाका विद्यार्थी बढीमा २० जनासम्म जम्मा भएर पढाइने दशरथचन्द नगरपालिकाका शिक्षा शाखा संयोजक मोहन नाथले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस